स्वयंबरको औँठी

  
स्वयंबरको औँठी

लेखक- इन्दिरा पौडेल

तिम्रो सानो औँठीले बाँधेको
मेरो सम्पूर्ण जीवन थाहा छैन कहाँबाट सुरु गरौं
कस्तो कसिलो र दहरो,

यसैले निर्धारण गरेको मेरो व्यक्तित्व
चाहेर पनि मेटाउन नसकिने
सायद युगौयुगले निर्धारण गरेको पो हो कि ?
समाज र संस्कृतिले नै अंशवण्डा गरेर दिएको हो कि ?
आफैलेनै धारण गरेको हो कि ?

मेरो अन्तरसचेत्ना हर पल ख्ल्ब्लाईरहने 

यो कस्तो अचम्मको
एकान्तमा टोलाइ रहन्छु
आफैँसँग प्रश्न गर्दै घोत्ली रहन्छु

औठिको बाहनमा पाएको पहिलो स्पर्श
जुनिजुनि भुलाउने गहिरो चाल पो रहेछ
एउटा सानो औंठीमा कत्रो ठुलो जाल थापिदो रहेछ

औठिले कसेको एउटा नारीको अस्तित्व
मायाप्रेम र तिरस्कार सँगै
उताव चढ्रव मा बग्दै गरेका मेरा दिनहरु
न थर्मामिटरले नै नाप्न सक्छु नवायो मिटरले ले नै
मेरो इच्छा आकांक्षा र चाहनाका गाठाहरु

न फुकाउननै सक्छु न बाँधेर राख्न नै
आखीर समयको लागि
आफैलाई थाहा छैन सायद युगौं युगको लागि ।।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय