खोप ल्याउन कसैसँग सम्झौता नभएको मन्त्रालयको स्पष्टोक्ती

  
खोप ल्याउन कसैसँग सम्झौता नभएको मन्त्रालयको स्पष्टोक्ती

काठमाण्डौ । सरकारले कोरोना भाइरसविरुद्धको खोप आयातसम्बन्धी कसैसँग सम्झौता नगरेको स्पष्ट पारेको छ ।

एउटा भारतीय कम्पनीले रुसमा बन्दै गरेको खोप नेपाल ल्याउन सम्झौता गरेको खबरप्रति इङ्गित गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले विश्वमा अहिलेसम्म खोप नै नबनेकोले यसबारेमा सम्झौता नभएको बताए । विश्वका विभिन्न ठाउँमा विकास गरिरहेका खोप तेस्रो चरणमा पुगेको र यदि सुरक्षित भएर नियामक निकायबाट आम नागरिकमा प्रयोग गर्न अनुमति दिएमा सरकारकै पहलमा खोप ल्याउने पनि उनले बताए ।

यसअघि दुई करोड ५० लाख खोप नेपाल ल्याउनका लागि रसियन टाइरेक्ट इन्भेस्टमेन्ट फण्ड (आरडीआईएफ) र ट्रिनिटी फर्मास्युटिकल्स कम्पनीबीच सम्झौता भएको आरडीआईएफ ले निकालेको विज्ञप्तिमा भनिएको थियो ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय