नेकपा सचिवालय बैठक स्थगित, कहिले बस्ने टुङ्गो छैन

  
नेकपा सचिवालय बैठक स्थगित, कहिले बस्ने टुङ्गो छैन

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक पनी स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार जना र बालुवाटारमा खटिएका अन्य सुरक्षाकर्मीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओलीले भेटघाट बन्द गरेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका चार सदस्य र ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री ओली बैठकमा उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित भएको हो ।

राजदूतसहित विभिन्न निकायमा प्रधानमन्त्री ओलीले एकलौटी रुपमा नियुक्ति गरेकोमा प्रचण्ड र माधव नेपाल पक्षले असन्तुष्टि जनाएका छन् । विभिन्न निकायमा भएका नियुक्ति र मन्त्रीहरु हेरफेरको विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो । हिंजो शनिबार पनि बैठक बस्दै नबसी स्थगित भएको थियो । अर्को बैठक कहिले बस्ने भन्नेबारेमा पनी जानकारी गराईएको छैन।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय