दसैं टीकाको साईत बिहान १०:१९ मा

  
दसैं टीकाको साईत बिहान १०:१९ मा

काठमाण्डौ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दसैंको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

नेपालसहित नेपालीहरू बसोबास गर्ने अन्य मुलकका लागि दसैंको उत्तम साइत स्थानीय समयअनुसार समितिले तय गरेको छ । आज बसेको समिति बैठकले नेपालसहित २४ देशमा रहेका नेपालीका लागि दसैंको उत्तम साइत तय गरेको समितिका सभापति प्राध्यापक डाक्टर माधव भट्टराईले विज्ञप्ति निकालेर जानकारी दिनुभयो । जसअनुसार नेपालमा दशमीको दिन बिहान १० बजेर १९ मिनेटमा टिकाका लागी उत्तम साईत रहेको समितिले जनाएको छ । विभिन्न देशमा बसोबास गर्नेहरूबाट दसैंको टीकाको साइतबारे माग भएकोले समितिले तारिखसहित देश अनुसार स्थानीय समय पनि तय गरिदिएको हो ।

यसैबिच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैंको अवसरमा सार्वजनिक स्थलमा पिङ नहाल्न आग्रह गरेको छ । सार्वजनिक स्थलमा पिङ हाल्दा भिडभाड बढ्न गई कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै सार्वजनिक स्थलमा पिङ नहाल्न मन्त्रालयले आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट बच्नका लागि आफू बसेकै स्थानबाट दशैं मनाउन पनि आग्रह गर्नुभएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय