आईतवार बस्ने भनिएको कांग्रेस बैठक स्थगित

  
आईतवार बस्ने भनिएको कांग्रेस बैठक स्थगित

काठमाण्डौ । नेपाली कांग्रेसको आईतवार बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।

नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको असोज २३ गते निधन भएकोले बैठक स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि सात जना केन्द्रीय सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको थियो। पुनः बैठक कहिले बस्ने भन्नेबारे खुलाइएको छैन।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय