डाक्टर केसीसँग भएको सहमति स्वागतयोग्य: नेपाली कांग्रेस

  
डाक्टर केसीसँग भएको सहमति स्वागतयोग्य: नेपाली कांग्रेस

काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सहमतिको स्वागत गरेको छ।

केसीसँग भएका सहमतिलाई सरकारले इमान्दार ढंगले कार्यान्वयन गर्नुपर्ने कांग्रेसको भनाइ छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसअघि सरकारले गरेका सहमति कार्यान्वयन नहुँदा डाक्टर केसी यसपटक पनि अनसनमा बस्नुपरेको उल्लेख गर्दै इमान्दार ढंगबाट सहमति कार्यान्वयन गर्न माग गरेका हुन्।

डाक्टर केसीले आइतबार बिहान अनसन तोडेका हुन्। उनको यो १९ औं अनसन थियो। प्रवक्ता शर्माले विज्ञप्ति निकालेर भनेका छन्, ‘थप द्वन्द्व सृजना हुन नदिन २४ असोजको मध्यरातमा गरिएको ८ बुँदे सहमति इमान्दार ढंगले कार्यान्वयन गर्दै अघि बढ्न कांग्रेस वर्तमान सरकारलाई सजग गराउँदै सार्वजनिक रुपले आग्रह समेत गर्दछ।’

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय