ठूला भ्रष्टाचार काण्डको गहिरो छानविन गर्न सार्वजनिक दबाब बढाउनुपर्छ: कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

  
ठूला भ्रष्टाचार काण्डको गहिरो छानविन गर्न सार्वजनिक दबाब बढाउनुपर्छ: कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ठूला भ्रष्टाचार काण्डको गहिरो छानविन गर्न सार्वजनिक दबाब बढाउनुपर्ने बताएका छन्।

भ्रष्टाचारका फाइल खोल्न र कारवाही गर्न सिंगो देशले माग गरिरहेको उनको भनाइ छ । वाइड बडी जहाज खरिदमा भएको अनियमिततादेखि लडाकुको राशनसम्म छानविन गरिनुपर्ने शर्माले बताएका हुन् ।

वाइड बडि, ओम्नी, बालुवाटार, प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्ट अनि लडाकुको राशन समेतको फाईल खोल्नु पर्ने उनको भनाई छ । भ्रष्टाचारबारे गहिरोसँग छानविन गरी कारवाही अघि बढाउन दबाब बढाउनुपर्ने उनको भनाइ छ ।

‘गहिरो छानबिन र कडा कारवाही अघि बढाउन सार्वजनिक दबाब बढाऔं,’ शर्माले भनेका छन् । उनले गत मंसिरमा कांग्रेसले तयार पारेर प्रकाशित गरेको बूढीगण्डकी आयोजनाबारेको छोटो भिडिओ पनि ट्वीट गरेका छन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय