कोरोना उपचारको दायित्वबाट सरकार पन्छिनु आपत्तिजनक: माधवकुमार नेपाल

  
कोरोना उपचारको दायित्वबाट सरकार पन्छिनु आपत्तिजनक: माधवकुमार नेपाल

काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले कोरोना परीक्षण र उपचारको दायित्वबाट सरकार पन्छिनु आपत्तिजनक भएको बताएका छन् ।

कोरोना महामारीबाट आक्रान्त भइरहेको र बिरामीहरुको सङ्ख्या दिनदिनै बढिरहेको बेला सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफै गर्नका लागि निर्देशिका जारी गरेको कुराप्रति गम्भीर ध्यानाकर्षण भएको नेता नेपालले विज्ञप्ति निकालेर जानकारी दिए । सरकारको त्यो निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण सङ्क्रमित नागरिकहरु थप मारमा परेका उनको भनाइ छ । 

सङ्कटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा यस्तो निर्णय बिलकुल अनुचित रहेको उनले बताए । यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन नमिल्ने नेता नेपालको भनाई छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय