जनता अभिभावकविहिन भएको पुर्व राजा ज्ञानेन्द्र शाहको भनाई

  
जनता अभिभावकविहिन भएको पुर्व राजा ज्ञानेन्द्र शाहको भनाई

काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको बताएका छन् ।

दसैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको बताएका हुन्। संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ भन्ने आम मान्यता रहेको भन्दै उनले त्यो आधारमा हेर्दा नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध भएको बताए ।

रोजगारीका लागि विदेश गएकाहरु संकटमा रहेको र देशभित्रै श्रम र सीप सदुपयोग गर्ने बन्दोबस्त नभएको उनले बताए । राहत, रोजगारी र रोगको उपचार खोज्दै भौतारिएकाहरुलाई भरपर्दो आड भरोसा चाहिएको शाहले शुभकाना सन्देशमा उल्लेख गरेका छन् ।

यसैबिच यस वर्षको दसैंमा पुर्वराजा शाहले सर्वसाधारणलाई टिका नलगाईदिने यस अँघीनै जानकारी गराईसकेका छन् । उनले गत शनिबार औपचारिकरुपमै टीका नलगाइदिने घोषणा गरिसकेका छन् । कोरोना भाइरसको महामारीका कारण यसपाली सर्वसाारणलाई टिका नलगाईदिने पुर्वराजा शाहको सचिवालयले जनाएको छ ।

पूर्वराजा सहयोगी फणिराज पाठकका अनुसार यस वर्ष कोरोना भाइरसका कारण पूर्वराजा ज्ञानेन्द्रले शालीन र सादगी रुपमा दसैं मनाउने तयारी गरेका छन् । जस अनुसार विजयनदशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने र अष्टमीको दिन शक्तिपीठमा पनि नजाने निर्णय गरेका छन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post