बाजुराको खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता

  
बाजुराको खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता

बाजुरा । बाजुराको हिमाली गाउँपालिका-५ को कवाडी खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ३० वर्षीया सत्ता नेपाली र उहाँका छोरीहरु पाँच वर्षीया आरती, चार वर्षीया सन्तोषी र एक वर्षीया छोरी किस्मती तथा दुई वर्षीय छोरा सम्मान नेपाली रहेका छन् ।

शुक्रबार दिउँसो छोराछोरीसहित खोलामा नुहाउन गएका बेला खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताउनुभयो । बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय