दश महिनामा ५५ अर्बको शेयर सूचीकृत

दश महिनामा ५५ अर्बको शेयर सूचीकृत

  
दश महिनामा ५५ अर्बको शेयर सूचीकृत

चालु आर्थिक वर्षको दश महिनामा कूल रु ५४ अर्ब ९६ करोड बराबरको धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीमा’ दश महिनामा रु २४ अर्ब ७५ करोड बराबरको साधारण शेयर सूचीकृत भएको छ । यस्तै रु नौ अर्ब २२ करोड बराबरको हकप्रद शेयर, रु २० अर्ब २४ करोड बराबरको शेयर लाभांश र रु ७५ करोड १७ लाख बराबरको ऋणपत्र गरी रु ५४ अर्ब ९६ अर्ब बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

नेपाल स्टक एकसचेञ्जमा सूचीकृत शेयरको चुक्तामूल्य रु चार खर्ब १५ अर्ब २१ करोड पुगेको बैंकले जनाएको छ । स्टकमा सूचीकृत कम्पनीको सङ्ख्या गत वैशाख मसान्तसम्म २०९ पुगेका छन् । सूचीकृत कम्पनीमध्ये १५० बैंक तथा वित्तीय संस्था, १९ वटा बीमा कम्पनी छन् । यस्तै कूल १९ वटा उत्पादन र प्रशोधन उद्योग, २८ वटा जलविद्युत् कम्पनी र चार÷चार वटा होटल तथा व्यावसायिक संस्था र चार वटा अन्य समूहका रहेका छन् ।

पुनरकर्जाको उपयोग बढ्यो

उत्पादनशील क्षेत्रतर्पm कर्जा प्रवाह तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । गत वैशाख मसान्तसम्ममा नेपाल राष्ट्र बैंकको रु २५ अर्ब २८ करोड पुनरकर्जा लगानीमा रहेको छ । त्यसमा साधारण पुनरकर्जा रु २१ अर्ब ५४ करोड र निर्यात पुनरकर्जा रु एक अर्ब १९ करोड उपयोग भएको छ । यस्तै भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि वैशाख मसान्तमा रु दुई अर्ब ५१ करोड उपलब्ध गराइएको छ । त्यस्ता कर्जा एक हजार ५७७ जना ऋणीले उपयोग गरेको बैंकले जनाएको छ ।

“सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५” बमोजिम प्रवाह गरिएको कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा लिनेको संख्या १५ हजार ५४७ पुगेका छन् । सरकारले सहुलियतपूर्ण कर्जाका लागि कुल रु एक अर्ब १६ करोड ब्याज अनुदान प्रदान गरेको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय