पत्रकार वीरेन्द्र शाहको हत्यामा संलग्न पक्राउ

  
पत्रकार वीरेन्द्र शाहको हत्यामा संलग्न पक्राउ

कलैया । बाराका पत्रकार वीरेन्द्र शाहको हत्यामा संलग्न फरार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराकै कोल्हवी नगरपालिका–४ का हरेराम प्रसाद कुर्मी रहेका छन् ।

कुर्मीलाई बिहीबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा पक्राउ गरिएको बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए । लुकिछिपी बसेका कुर्मीलाई कोल्हवी नगरपालिका– सपही टोलबाट पक्राउ गरिएको एसपी पंगेनीले बताए । उनले भने, ‘पक्राउ परेका कुर्मीमाथि थप अनुन्धान भइरहेको छ ।’

कुर्मीलाई जिल्ला अदालत बाराबाट म्याद थप्ने तयारी भइरहेको प्हरीले जनाएको छ । कोल्हवी नगरपालिका बाराको सदरमुकाम कलैयादेखि २० किलोमिटर उत्तर पूर्वमा पर्छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय