आलम प्रकरणमा ईटा भट्टाका मिस्त्री पक्राउ, भट्टामा जिउँदै मान्छे जलाइएको स्वीकार

  
आलम प्रकरणमा ईटा भट्टाका मिस्त्री पक्राउ, भट्टामा जिउँदै मान्छे जलाइएको स्वीकार

जनकपुर । नेपाली कांग्रेसका नेता अफताब आलमले डेढ दर्जनलाई जिउँदै जलाएको भनिएको इँटा भट्टाका हेडमित्री पक्राउ परेका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका-४ का ५५ बर्षीय बद्री सहनीलाई प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले भारतको मुजफ्फरपुर बाट पक्राउ गरेको हो । भारतीय विशेष टास्क फोर्सको सहयोगमा उनलाई शुक्रबार साँझ पक्राउ गरेर नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

२०६४ चैत २८ मा संविधानसभा चुनावमा धाँधली गर्ने उद्देश्यले आलमले राजपुर नगरपालिका-४ का शेख इद्रिसको गोठघरमा बम बनाउन लगाएको र त्यसक्रममा विस्फोट भएको थियो । विस्फोटमा परी श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह समेत १५र१६ जना घाइते र २र३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । घटनापछि मृतक र घाइतेलाई इँटा भट्टामा हालेर जलाएको भन्दै श्रीनारायण राजपुतले दिएको जाहेरीका आधारमा प्रहरीले २६ असोज २०७६ मा कांग्रेस नेता आलमलाई पक्राउ गरेको थियो । उनी हाल पुर्पक्षका लागि थुनामा छन् ।

त्यसको एकवर्षपछि हेडमित्री सहनीले पक्राउ परेका हुन् । उनले आलमको निर्देशनमा बम बिष्फोटका क्रममा मृत्यु भएका र घाइते भएकाहरुलाई भट्टामा जलाइएको स्वीकारेको प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय