संसदभित्र अवाञ्छनीय गतिविधी गर्नु गलत भएको कांग्रेसको ठहर

  
संसदभित्र अवाञ्छनीय गतिविधी गर्नु गलत भएको कांग्रेसको ठहर

काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश नम्बर-५ को प्रदेशसभामा आफ्नो दलका सांसदले गरेको व्यवहार गलत भएको बताएका छन् ।

ट्विटरमार्फत प्रवक्ता शर्माले कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत भएको बताए । उनले रोस्ट्रम भाँच्नेदेखि संसदीय पद्धति नास्छौँ भन्ने कम्युनिस्ट पार्टीलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेको दलका सांसदलाई पार्टीको संस्कृति उल्लङ्घनको स्वायत्तता नरहेको पनि बताका छन् । उनले गल्ती छोप्ने नभइ सच्याएर अघि बढ्ने पनि प्रतिबद्धता जनाएका छन् ।

सोमबार प्रदेश नम्बर-५ को प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका तीन सांसदले कुर्सी र टेबल तोडफोड गर्ने, माइक भाँच्ने लगायतका गतिविधि गरेका थिए । उनीहरुले प्रदेश पाँचको प्रस्तावित राजधानी दाङको भालुवाङ फेर्नुपर्ने बताउँदै आएका छन् ।

यसैबिच नेपाली कांग्रेसका युवा नेता गगन थापाले पनी प्रदेश-५ संसदमा भएको गतिविधी गलत भएको टिपपणी गरेका छन् । संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका भएपनी संसदभित्र अवाञ्छनीय गतिविधी भएकोप्रती उनले दुख व्यक्त गरे । यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही गर्नुपर्ने उनको भनाई छ । यस्ता गतिविधीले प्रतिपक्षको भुमिका कमजोर बनाउने उनको तर्क छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय