एन्फाको कार्यालय तीन दिनका लागि बन्द

  
एन्फाको कार्यालय तीन दिनका लागि बन्द

काठमाण्डौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यालय तीन दिनका लागि बन्द गरिएको छ ।

केही कर्मचारीमा कोरोना पुष्टि भएपछि आजदेखि ललितपुर सातदोबाटोमा रहेको कार्यालय तीन दिनका लागि बन्द गरिएको एन्फाले जनाएको छ ।कार्यालय ७२ घण्टासम्म नि-सङ्क्रमण गर्न लागिएको एन्फाले निकालेको सूचनामा उल्लेख छ ।

सङ्क्रमितको सम्पर्कमा आएका कर्मचारीलाई एक हप्ता होम क्वरेण्टीनमा बस्न भनिएको छ ।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय