गुल्मीको रिडी-रुद्रवेणी सडक शुक्रवार बेलुकादेखि खुल्यो

  
गुल्मीको रिडी-रुद्रवेणी सडक शुक्रवार बेलुकादेखि खुल्यो

संकेत चित्र ।

गुल्मी । पहिरोका कारण दुई हप्तादेखि बन्द गुल्मीको रिडी-रुद्रवेणी सडक शुक्रवार बेलुकादेखि खुलेको छ ।

रुरु क्षेत्र गाउँपालिका एक विष्णुपञ्जर नजिकै सडकमाथिबाट चट्टानसहित खसेको ठूलो पहिरो हटाएपछि सडक खुलेको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी सहायक निरीक्षक शालिकराम थापाले जानकारी दिए । पहिरोले दुई सय मिटरभन्दा बढी सडक पुरेकोे थियो । पटक-पटक सुख्खा पहिरो खस्ने क्रम नरोकिएपछि पहिरो पन्छाउन समय लागेको उनले बताए ।

सडक खुलाउन रिडी र रुद्रवेणी दुवैतर्फबाट चार दिनसम्म जेसीभी र एस्काभेटर परिचालन गरिएको थियो । गुल्मीको रिडी, रुद्रवेणी, वामीटक्सार हुँदै बाग्लुङका बुर्तिवाङ्गसम्म गाडी चल्ने गरेका छन् । बाटो बन्द हुँदा आवतजावत र खाद्यान्न ढुवानीमा समस्या परेको थियो । चाडपर्वका लागि आवश्यक खाद्यान्नसहित गाडी बीच बाटोमै रोकिएका थिए । सडक खुलेपछि दुवै क्षेत्रमा रोकिएका गाडीहरु गन्तव्यतर्फ लागेका छन् ।

रिडी-रुद्रवेणी सडक जिल्लामा सबैभन्दा धेरै गाडी चल्ने व्यस्त सडक अन्तर्गत पर्छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय