कोरोना लागेको ३ दिनमै अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट डिस्चार्ज

  
कोरोना लागेको ३ दिनमै अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट डिस्चार्ज

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना रिपोर्ट पोजेटिभ आएपछि तीन दिनअघि अस्पताल भर्ना भएका ट्रम्प डिस्चार्ज भएका हुन् । उनले छिट्टै नै चुनाव प्रसार सुरु गर्ने बताएका छन्। ट्रम्प पूर्ण रुपमा निको नभए पनि घर लैजानु सुरक्षित भएकाले अस्पतालबाट डिस्चार्ज गरिएको डाक्टरले बताएका छन् । राष्ट्रपति ट्रम्पले अब ह्वाइट हाउसबाट नै आफ्ना सबै काम गर्ने तय भएको बीबीसीले जनाएको छ ।

अब उनको उपचार ह्वाइट हाउसमै हुनेछ । ३ नोभेम्बरमा हुने राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग ट्रम्पले प्रतिस्पर्धा गर्नेछन् । अमेरिकी राष्ट्रपतिको चुनाव हुन लगभग १ महिना बाँकी हुँदा ट्रम्प कोरोना भाइरस सङ्क्रमित भएका हुन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय