कुवेतका प्रधानमन्त्रीले दिए राजिनामा

  
कुवेतका प्रधानमन्त्रीले दिए राजिनामा

एजेन्सी । कुवेतका प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको कुवेती सरकारले राजीनामा दिएको छ।

प्रधानमन्त्री सबाह अल खालिद अल सबाहले मंगलबार कुवेतका अमिर नवाफ अल अहमद अल जाबेर समक्ष राजीनामा बुझाएका हुन्। आगामी नोभेम्बरमा आम चुनाव हुन लागेकाले वर्तमान सरकारले राजीनामा दिएको राज्य नियन्त्रित समाचार संस्था कुवेत न्यूज एजेन्सीले जनाएको छ।

कुवेती अमिरले प्रधानमन्त्री र उनको सरकारले आफ्ना दायित्व अत्यन्त प्रभावकारी रुपमा सम्पन्न गरेको जनाउँदै संविधान बमोजिम आगामी निर्वाचन गराउने दायित्व पनि यही सरकारले पूरा गर्ने विश्वास व्यक्त गरेका छन्।

आगामी नोभेम्बरमा आम चुनाव हुन लागेकाले वर्तमान सरकारले राजिनामा दिएको राज्य नियन्त्रित समाचार संस्था कुवेत न्यूज एजेन्सीले जनाएको छ । कुवेती अमिरले प्रधानमन्त्री र उनको सरकारले आफ्ना दायित्व अत्यन्त प्रभावकारी रुपमा सम्पन्न गरेको जनाउँदै संविधान बमोजिम आगामी निर्वाचन गराउने दायित्व पनि यही सरकारले पूरा गर्ने विश्वास व्यक्त गरे । कुवेतमा आगामी नोभेम्बर महिनाको अन्त्यमा आम निर्वाचन हुँदैछ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय