कोरोनाका कारण स्पेनको राजधानी मड्रिडमा आपतकालीन अवस्था घोषणा

  
कोरोनाका कारण स्पेनको राजधानी मड्रिडमा आपतकालीन अवस्था घोषणा

एजेन्सी । स्पेनको राजधानी मड्रिडमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि स्पेन सरकारले राजधानी मड्रिडमा आपतकालीन अवस्था घोषणा गरेको हो । मड्रिडमा १५ दिनका लागि आपतकालीन अवस्था लागू हुने भएको बीबीसीले जनाएको छ ।

मड्रिडको स्थानीय प्रशासनले लकडाउन लागू गर्न नचाहेपछि केन्द्र सरकारले आपतकालीन अवस्था लागू गरेको हो । तर मड्रिडका अधिकारीले भने आपतकाल लागू गर्नु न्यायपूर्ण नरहेको बताएका छन् । स्पेनमा अहिलेसम्म ८ लाख ९० हजारमा कोरोना पुष्टि भएको जसमध्ये झण्डै ३३ हजारको ज्यान गएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय