भारतको आन्ध्र प्रदेशमा भारी वर्षा, कम्तीमा सात जनाको मृत्यु

  
भारतको आन्ध्र प्रदेशमा भारी वर्षा, कम्तीमा सात जनाको मृत्यु

एजेन्सी । भारतको आन्ध्र प्रदेशमा वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा सात जनाको ज्यान गएको छ ।

आन्ध्र प्रदेश र तेलंगानामा ठूलो पानी परेसँगै त्यो क्षेत्र डुबानमा परेको छ । साथै अत्यधिक बर्षाका कारण आएको बाढीमा कम्तिमा ७ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

तेलंगानाको राजधानी हैदराबादमा गएको २० वर्षमा सबैभन्दा ठूलो पानी परेको खबरमा उल्लेख छ । त्यहाँ हिजो दिउँसोदेखि ठूलो पानी परेपछि जनजीवन प्रभावित भएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय