बडादशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा हुँदै

  
बडादशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा हुँदै

काठमाण्डौ । बडादशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा गरेर मनाईंदै छ ।

दुर्गा भवानीको ९ रुपममध्ये पाँचौ रुप स्कन्दमाता भगवतीको पूजा गर्ने चलन छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्दमाताको पूजा गर्ने परम्परा छ । त्यस्तै, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ ।

अघिल्ला वर्षहरुमा देशभरका विभिन्न शक्तिपीठहरुमा पूजाका लागि भक्तजनहरुको घुईंचो लागे पनि यो वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलने जोखिमका कारण भीडभाड कम देखिएको छ । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले सरकारले पनि मन्दिरहरुमा नियमित पूजा बाहेक भक्तजनहरुका लागि रोक लगाउने निर्णय गरेको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय