पाल्पामा गोठ भत्किँदा एक जनाको मृत्यु

  
पाल्पामा गोठ भत्किँदा एक जनाको मृत्यु

पाल्पा । पाल्पामा गाईभैँसी बाँध्ने गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।

रिब्दिकोट गाउँपालिका-७ डबका भन्ने ठाउँकी पुतली विकको टिनले छाएको गोठ मर्मतको क्रममा भत्किएर सोही स्थानका हरी लम्तरीको मृत्यु भएको हो । गोठ मर्मतको क्रममा भत्किएर काठपात माटो ढुङ्गाले च्यापिँदा लम्तरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए।

गोठ मर्मतको रिव्दीकोट गाउँपालिका-८ फेकका ४८ वर्षीय अमर पेग्मी घाइते भएका छन। घाइते पेग्मीको तानसेन मिशन अस्पतालमा उपचार भइरहेको छ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय