मुम्बई इण्डियन्सले ३४ रनले विजयी, चेन्नई र पञ्जाब खेल्दै

  
मुम्बई इण्डियन्सले ३४ रनले विजयी, चेन्नई र पञ्जाब खेल्दै

एजेन्सी । आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले हराएको छ ।

मुम्बईले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा सात विकेट गुमाएर एक सय ७४ रन मात्रै बनाउन सक्यो । हैदरावादको लागि डेभिड वार्नरले ६० रन बनाए पनि जितको लागि पर्याप्त भएन । मुम्बईका टे्रन्ट बोल्ट, जेम्स प्याटिन्सन र जसप्रित बुमराहले समान दुई-दुई विकेट लिए ।

यसअघि यूएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा पाँच विकेट गुमाएर दुई सय आठ रन बनायो । उसका लागि क्विन्टन डी ककले ६७ रन बनाए । यो जितसँगै ६ अङ्कका साथ मुम्बई शीर्ष स्थानमा पुगेको छ । हैदराबाद चार अङ्कसहित छैठौँ स्थानमा छ ।

यसैबीच आजकै दोस्रो खेलमा अहिले पञ्जाब र चेन्नई खेलिरहेका छन् । टस जितेर पञ्जाबले पहिले ब्याटिङ्ग गरिरहेको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय