सम्बन्ध सन्सारैको

  
सम्बन्ध सन्सारैको

लेखक– विष्णु घर्ती ‘भनभनेली’

क्षणिक या अधिक कसरि हुने, को कससंग
सम्बन्ध गाँस्नै पर्ने नगाँसी नहुने जो जससंग
कसैले त मरुन्जेलसम्म पनि नगर्ने रे भङ्ग
समय बित्दछ साथले, अनी साथी हुन्छ दङ्ग

सही सरोकार राख्छ जसले, सदिऔं टिक्दछ
सुदामाको साईनो कृष्णसंग कसरि मिल्दछ ?
सम्धी र मितको सम्बन्ध अझ कस्तो होला ?
सस्तोले सताउँछ, कुविचारको बोकेमा झोला

परिवारिक सम्बन्धबाट संसार टाढिदैं गाछ
सम्बन्धले संसार चलेको, बिग्रेमा ध्वस्त भाछ
परेमा सानै छिद्र टाल्न पनी कति सकस हुन्छ
साबुनले टालेर कतिसम्म टिक्ला ? पग्लेरै गल्छ

बुद्धले दरबार अनी घरबारको सम्बन्ध तोडे
भेटे बुद्धत्वको सामिप्यता र सार तत्व बाँडे
ज्ञान र ध्यानको सम्बन्धलाई नै बलियो पारे
घरको बिग्रे नि सम्बन्ध, सन्सारकै उच्च पाए

गुल्मीको मदाने गाउँपालिका-७ भनभनेमा जन्मिएका विष्णु घर्ती ‘भनभनेली’ को विसं. २०७६ मा प्रकाशित गद्य कविता संग्रह ‘चालिस चक्र’ पुस्तिकाबाट साभार कविता लुम्बिनी पोष्टको कला साहित्य विधामा प्रस्तुत गरेका छौं । घर्तीका ओईलिएका जिन्दगी (२०५९), भनभनेलीका तरङ्गहरु (२०६५), गुल्मीमा घर्ती/भुजेलहरु (२०६७) पुस्तिका र कृतीहरु प्रकाशित छन् । सहित्यमा विशेष रुची भएका घर्ती हाल अर्घाखाँचीको मालारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत छन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय