लकडाउन मात्र समस्याकाे समाधान हाेहिन पर्यटक बिज्ञ गिरी

राजा राम गिरी (लामो समय पर्यटन क्षेत्र संग आबध्द गिरी पर्यटन बिज्ञ हुनुहुन्छ)

  
लकडाउन मात्र समस्याकाे समाधान हाेहिन पर्यटक बिज्ञ गिरी

राजा राम गिरी पर्यटन बिज्ञ

कोरोना भाइरस (कोभिड १९) महामारीले विश्व आक्रन्त छ यतिखेर । नेपाल पनि यो महामारीसँग लड्न युद्ध् मैदानमा छ । आमजनताको स्वास्थप्रति गम्भीर हुनु सकारात्मक कुरा हो । तर नेपालमा अपनाइएका कति कुरा व्यवहारिक देखिन्न । नेपाल सरकारको क्याबिनेट बैठक खाली ‘लकडाउन’ बढाउन मात्र सिमित छ । २१ दिनदेखि जनता कुन सकसमा जीवन बिताइरहेका छन् । सबैले हजारौ रुपिया जोगाएर राखेका हुंदैनन्, जति थियो लगभग सकियो होला । यसरी नै अरु केहि हप्ता बढे ‘लकडाउन’ले सहरमा हाहाकार नआउला भन्न सकिन्न । अहिले हरेक क्षेत्र लगभग ठप्प छ, विदेशबाट आफन्तले रेमिटेन्स होस् या ‘टुरिजम’ । कलकारखाना होस् वा जुनसुकै क्षेत्र यतिबेला लगभग बन्द नै छ । विकसित या विकासशिल मुलुक देश जसले जति सक्छन् आफ्ना नागरिकलाई थप कस्ट नहोस् भनेर विभिन्न आपतकालीन उद्दारका प्याकेज घोषणा गरेका छन् । नेपाल सरकारले पनि यो विसम परिस्थितिमा निम्न कदम चाल्नुपर्ने देखिन्छ ।

• तलबबाट बन्चित नहुन् भनेर सरकारले नै तलबको केहि प्रतिशत उपलब्ध गराउने

• बैंकलाई तिर्नुपर्ने ब्याज मिनाहा वा कम गर्ने

• विभिन्न साना ठुला उद्योगलाई राहत प्याकेज तर आज यतिका दिन बितिसक्दा पनि जनतालाई सक्ने सहयोग गर्नु त कहाँ हो, सरकार मुर्कदर्शक भएर हेरिरहेको अनुभव गर्न बाहेक अरु केहि आशा रहेन । ५-६ दिन लगाएर मानिस पैदल हिंडेर गाउँ फर्किरहेका छन्, तर राज्यका गाडी कम्पाउन्डभित्र थन्केर बसेका छन् । खोइ आर्मी, प्रहरी, साझा बस ? के तिनले सडकमा बिचल्ली परेकाहरुलाई आफ्नो जिल्ला सदरमुकामसम्म त पुराउन सक्थे होलान् । लकडाउन मात्र गरेर अहिलेको समस्याको समाधान होइन । लकडाउन साथसाथै नेपाल सरकारले जनताका आधारभूत आवश्यकताका बारेमा बेलामा नै विचार पुगोस्, होइन भने कोरोना भाइरसका कारण भन्दा लकडाउनले सिर्जना गर्ने परिस्थिति कल्पना गरेको भन्दा धेरै महँगो मुल्य चुकाउन पर्ने छ ।

राजा राम गिरी लामो समय पर्यटन क्षेत्र संग आबध्द गिरी पर्यटन बिज्ञ हुनुहुन्छ)

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय