औषधि खरिद गर्ने उच्चस्तरीय समितिको निर्णय

  

नेपालमा कोरोना संक्रमित बढेसंगै सरकारले लकडाउनलाई थप कडाईका साथ कार्यान्वयन गराउने भएको छ ।

बुधबार बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले व्यक्तिहरुको आवतजावतलाई कडाई गर्दै प्रहरी प्रशासनबाट कडीकडाई गराउने निर्णय गरेको हो । समितिका प्रवक्ता एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बढी भन्दा बढी कोरोनाको परीक्षणमा जोड दिने निर्णय गरेको बताए ।

बैठकले औषधिजन्य पदार्थ निजी क्षेत्रबाट आयात गर्दा प्रोत्साहन गर्ने र सरकारले जीटुजीबाट औषधिहरु ल्याउने निर्णय गरेको र प्रकृया पनि अघि बढेको समितिका प्रवक्ता बिडारीले बताए ।

त्यस्तै बैठकले आपूर्तिलाई सहज बनाउन भन्सार नाकालाई सुरक्षित र व्यवस्थित बनाउने निर्णय पनि गरेको छ । संयुक्त राष्ट्र संघ अन्तर्गत अफगानिस्तानमा रहि काम गर्दै आएका नेपाली नागरिकहरुलाई उद्धार गर्ने निर्णय समेत समितिले गरेको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय