कोभिड-१९ को महामारी ब्यवस्थापनमा हाम्रो कमजोरी र अब को बाटो।

  
कोभिड-१९ को महामारी ब्यवस्थापनमा हाम्रो कमजोरी र अब को बाटो।

कोभिड-१९ को महामारी ब्यवस्थापनमा हाम्रो कमजोरी र अब को बाटो।

१. छिमेकी चिन लगायत युरोप, अमेरिका र अन्य मुलुकमा कोरोना देखिदा पनि नेपालमा यो रोग आउन सक्छ भन्ने हेक्का सरकारले राखेको देखिएन। समयमै आवश्यक सामग्री PPE, PCR, RDT र आवश्यक औषधि को जोहो गरिएन। सरकार चुक्यो वा चुक्काइयो।

२. आन्तरिक लकडाउन घोषणा पुर्व अन्तरास्ट्रिय सिमा बन्द हुनु पर्थ्यो। बिदेशमा रहेका नागरिकलाइ सम्बोधन गरेर जुन देशमा जाहा हुनुहुन्छ त्यही बस्नुहोस आपत पर्‍यो भने दूतावास को फोन नम्बरमा कल गर्नुहोला हाम्रो दूतावास छ तपाइँ हरुलाइ आवश्यक सहयोग गर्न भन्नू पर्थ्यो। यसो नहुदा अन्तरास्ट्रिय प्लेन चढेर र सिमानाका पार गरेर कोरोना नेपाल आयो अनि भारत तिरबाट नेपाली दाजुभाइ सिमानामा आएर रोकिय। सबैलाइ दुख भयो।

३. आन्तरिक लकडाउन पुर्वको सरकारी तयारी कमजोर देखियो। लकडाउन घोषणा पुर्व नागरिकलाइ प्रमले सम्बोधन गरेर लकडाउन किन गरेको, अब नागरिकले के गर्ने के नगर्ने, नागरिकलाइ खान बस्न समस्या पर्दा काहा कसरी कस्ले सम्पर्क गर्छ र समस्याको समाधान कसरी हुन्छ भनेर बिश्वस्त बनाएको भए अहिले को अवास्था आउने नै थिएन।

४. सबै तयारी गर्दा पनि समस्या आउन सक्छ त्यो बेलामा के गर्ने र के नगर्ने भनेर राम्रो तयारी गर्नु पर्थ्यो। प्रदेश सरकार, स्थानिय सरकार, सुरक्षाकर्मी सबैलाइ स्पष्ट निर्देशन दिनु पर्थ्यो। त्यो भएको भए सायद मजदुरहरु जाहा थिए उनिहरुको ब्यवस्थापन त्यही ठाउँमा हुन्थ्यो, सुरक्षाकर्मिले उनिहरुलाइ सुरुकै बसोबासमा रोक्थ्यो, स्थानिय सरकारले खाने बस्ने ब्यवस्था गर्थ्यो र अहिलेको समस्या आउने नै थिएन।

५. नागरिकलाइ सडकमा आउनु पुर्व नै रोकिनु पर्थ्यो। रोकिएन, आधी उधो बाटो हिडि सके अब के गर्ने। जुन स्थानिय तहमा पुगेका छन अब त्यही रोक्ने, सम्बन्धित स्थानिय सरकारले क्वारेन्टिनको ब्यबस्था मिलाउने, खाने बस्ने ब्यवस्था त्यही मिलाउने, कोरोना परिक्षण गर्ने, संक्रमण छैन भन्ने प्रमाण भए पछि केन्द्रिय सरकारले सम्बन्धित प्रदेशको केन्द्र सम्म अनि सम्बन्धित प्रदेश सरकारले उनिहरुको जिल्ला सदरमुकाम सम्म र सदरमुकाम देखि गाउ सम्म सम्बन्धित स्थानिय सरकारले पुर्‍याउने जिम्मा लिने।

६. लकडाउन पछि सम्भावित सन्क्रमितहरुको पहिचान, क्वारेन्टिन, परिक्षण जुन तदारुकता र द्रुत गतिमा गरिनु पर्थ्यो त्यसमा कमजोरी भयो। समयको सहि सदुपयोग हुन सकेन। सरकारले लकडाउन नै समस्याको समाधान हो भन्ने मानेर लकडाउनमा लकडाउन मात्रै थप गर्दै लग्यो जस्ले एकातिर गरिखाने हरुलाइ तत्काल दुख भयो भने अर्को तिर हाम्रो अर्थब्यवस्थामा नकरात्मक असर पर्न गयो। अब पहिचान परिक्षण ,पहिचान परिक्षण र उपचार मा ध्यान केन्द्रित गरौ।

७. अनि यो सामाजिक सन्जाल फेसबुक, टुइटर प्रयोगकर्ता, प्रतिपक्ष र नागरिक समाजले देश बिदेशका फोटोहरु पोष्ट गरेर रोइलो नगरौ। हामी सरकारमा भएको भए हेलिकप्टर मा घर घरमा सबैलाइ पुर्‍याउथ्यो, राहत ड्रोनबाट छत छतमा खसाल्थ्यो जस्तो नगरौ। दुखमा परेका नागरिकको घाउमा मल्हम लागाउनु को साटो हामिहरुले नुन चुक त लगाइ रहेका छैनौ, बिचार गरौ।

८. यसो भनी रहदा सरकारको खबरदारी गर्न बाट पनि नचुकौ। माहामारिलाइ कसैले कमाउने मौकाको रुपमा प्रयोग त गरेको छैन, खबादारी गरौ। आ आफ्नो ठाउँ बाट कसरी अप्ठ्यारो मा परेकालाइ सहयोग गर्न सकिन्छ त्यसरी सहयोग गरौ। फेसबुक र टुइटर मार्फत नागरिकलाइ आतङ्कित नबनाउ।

९.अब के गर्ने; यो लकडाउन अबधिमा परिक्षण तिब्र बनाउ। संभावितहरुको पहिचान, परिक्षण र उपचारलाई तिब्र बनाउ। आफ्नो प्रदेश भित्र कुन जिल्ला वा स्थानिय तहमा लकडाउन कायम राख्ने काहा खुकुलो बनाउने, प्रदेश भित्रको एक स्थानिय तह बाट अर्को स्थानिय तहमा आवत जावत कुन मा दिने कुनमा नदिने निर्णय गर्ने अधिकार प्रदेश सरकारलाइ दिउ। एक प्रदेश बाट अर्को प्रदेशको आवत जावत को निर्णय केन्द्रिय सरकारले गरौ।

१०.बिस्तारै क्रमबद्ध रुपमा देश भित्रको आवत जावत तथा सिमित आर्थिक करोबारहरु खोल्दै लिएर जाउ तर अन्तरास्ट्रिय नाका र अन्तर्राष्ट्रिय हवाई सेवा बन्द राखौ। बढी भिडभाडहुने क्षेत्रहरु हाललाइ बन्द नै राखौ। कलकारखाना , उधोग धन्दा सतर्कताका साथ सन्चालन गरौ। अति आवश्यक बन्दब्यापार सुरक्षाको यथेष्ट बन्दोबस्त गरि सुचारौ गरौ। ठुला ठेक्का पट्टाका, भौतिक पुर्वाधार निर्माणको कार्यहरु सुचारु गरौ।

११. स्थगित SEE तथा SLC र विश्वविधालय तहका परिक्षाहरु कसरी सन्चालन गर्न सकिन्छ र अब भविष्य मा बिधालय/ महाबिधालयहरुमा पठन पाठन कसरी सुचारु गर्न सकिन्छ बहस गरौ। युवा विद्यार्थीहरुलाइ लामो समय अन्यौलमा राख्दा उनिहरुमा मानसिक समस्या आउन सक्छ। बेलैमा सोचौ।

१२. लाखौ नेपाली युवाहरु रोजगारी गुमेको कारण भोलि स्वदेश फर्कन सक्छन भन्ने अनुमान गरौ अनि ती युवाहरु फर्किए भने काहा कुन क्षेत्रमा ब्यबस्थापन गर्न सकिन्छ योजना बनाउ। अन्यथा भोको पेटले भोलि आफ्नो पराइ चिन्ने छैन जसले गर्दा अहिलेको सामाजिक तथा राजनितिक ब्यवस्थामा नै आमूल परिवर्तन आउन सक्छ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय