गोरखामा वडाध्यक्षलेनै क्वारेन्टाइनमा बसेकालाई दुई दिनमै घर पठाए

  
गोरखामा वडाध्यक्षलेनै क्वारेन्टाइनमा बसेकालाई दुई दिनमै घर पठाए

गोरखामा वडाध्यक्षलेनै क्वारेन्टाइनमा बसेकालाई दुई दिनमै घर पठाए

गोरखा, ७ वैशाख । गोरखाको शहिद लखन गाऊँपालिका वडा नम्वर ७ को सामुहिक क्वारेन्टाइनमा बसेकाहरुलाई वडाध्यक्षले गाऊँपालिकाको निर्णय वेगरनै घर पठाइदिएका छन् ।

एक ब्यक्तिसंग विवाद भएको बिषयलाई लिएर वडा नम्वर ७ का अध्यक्ष शरण श्रेष्ठ र ८ का अध्यक्ष काशिनाथ अंगाईले ७ जनालाई घर पठाइदिएका हुन् ।

स्थानीय शहिद स्मृति माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका सबैलाई ७ जनालाई शनिवार दिउँसो उनीहरुकै आग्रहमा घर पठाएको वडा नम्वर ७ का अध्यक्ष श्रेष्ठले दावी गरेका छन् ।

क्वारेन्टाइन व्यावस्थापन समितिका संयोजक समते रहेका अध्यक्ष श्रेष्ठले कुनै सल्लाहनै नगरी क्वारेन्टाइनमा वसिरहेकाहरुलाई जवर्जस्ती घर पठाएको गाऊँपालिका उपाध्यक्ष ईन्दिरा तिवारीले जानकारी दीइन्।

‘म त्यही फिल्डमा छु, मैले वडाध्यक्षलाई के गर्नुभएको यस्तो क्वारेन्टाइनमा बसेकालाई घर पठाउन पाइदैन भन्दा कसले के गर्छ भन्दै उहाले जवर्जस्ती घर पठाउनु भयो’, उनले भनिन्, ‘यो गाऊँपालिकाको निर्णयविरुद्ध छ।’

क्वारेन्टाइन सञ्चालनका विषयमा विवाद भएपछि उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाइएको श्रेष्ठले दावी गरे । अध्यक्ष श्रेष्ठले भने, ‘चौतर्फी दवावपछि र्‍यापिड डाइनोस्टिक टेस्ट गर्ने गरि कागज गरेर उनीहरुलाई छाडिएको हो।’ उनिहरु बस्न नमानेकोले होम क्वारेन्टाइनमा बस्ने गरि छाडिएको अध्यक्ष श्रेष्ठले दावी गरे।

शहिद स्मृति माविको क्वारेन्टाइनमा बैशाख ३ गते हेटौंडाबाट आएका ५ जना र बैशाख ५ गते काठमाण्डौंबाट आएका २ जना बस्दै बसेका थिए । उनीहरुको क्वारेन्टाइनमा बस्ने अवधी पूरा बाकी थियो ।

गाऊँपालिका अध्यक्ष रमेश थापामगरले भने बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने पालिकाले निर्णय गरेकाले उनीहरुलाई घर पठाउनु गलत भएको बताए ।

‘गाऊँपालिका बैठकले गरेको निर्णयलाई मान्दिन भन्ने पाइदैन’, अध्यक्ष रमेश थापामगरले भने, ‘यस्तो संबेदनशील विषयमा गाऊँपालिकासंग कुनै सल्लाहनै नगरी निर्णय लिनु गम्भिर त्रुटी हो । यस विषयमा गाऊँपालिका बैठकले आवस्यक निर्णय लिन्छ।’

वडा नम्वर ७ र ८ का अध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय