अर्घाखाँचीमा कोरोना संक्रमण समुदाय स्तरमा फैलियो

  
अर्घाखाँचीमा कोरोना संक्रमण समुदाय स्तरमा फैलियो

अर्घाखाँची । अर्घाखाँचीमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका २ जना स्वास्थकर्मी, १ जना सञ्चारकर्मी, १ जना कार्यालय प्रमुख गरी १३ जनामा संक्रमण पुष्टी भएसंगै कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको पुष्टी भएको हो । सन्धिखर्क नगरपालिकामा ६ जना, भुमिकास्थान नगरपालिकामा ५ जना र मालारानी गाउँपालिकामा २ जना गरी १३ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापाले जानकारी दिईन् ।

अर्घाखाँचीमा हाल सक्रिय संक्रमितको संख्या १७ पुगेको छ । आज १३ जना संक्रमित थपिएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या १७ पुगेको हो । जिल्लाका ३ सय ४४ जनामा संक्रमण पुष्टी भएकामा ३ सय २४ जना निको भएर घर फर्किएका छन् । तिन जनाको भने ज्यान गईसकेको छ । यसभन्दा अँघी पोजेटिभ देखिएका सबै भारत तथा तेस्रो मुलुकबाट आएका थिए ।

अर्घाखाँचीमा आईतवार बेलुका सम्म ९३ जना क्वारेन्टाईनमा रहेका छन् । भुमिकास्थानमा ५४, सन्धिखर्कमा २२ र शितगंगामा १७ जना क्वारेन्टाईनमा रहेका जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय