अर्घाखाँचीको शितगंगामा वडा अध्यक्षको श्रीमतीलाई जागिर खुवाउन किर्ते प्रमाण

वडा अध्यक्षको श्रीमतीलाई जागिर खुवाउन सुचना लुकाएर परिक्षा गराईएको थियो । कुरा बाहिर आएपछी किर्ते प्रमाण खडा गरेको समेत फेला परेको छ ।

  
अर्घाखाँचीको शितगंगामा वडा अध्यक्षको श्रीमतीलाई जागिर खुवाउन किर्ते प्रमाण

एकै दिन एउटै पत्रिकाको एउटै पेजमा फरक फरक सामाग्री

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर–१३ को बुद्ध आधारभुत विद्यालयमा वडा अध्यक्षकी श्रीमतीलाई जागिर खुवाउन विधीप्रक्रिया मिचिएको पाईएको छ । नेपाली विषयका लागी राहत कोटामा आवेदन गरिएको सुचना समेत गुपचुप पारी वडा अध्यक्षकी श्रीमतिलाई जागिर खुवाईएको हो ।

शिक्षा नियमावली ऐन–२०७६ लाई बेवास्ता गर्दै व्यवस्थापन समितीका अध्यक्ष बाबुराम बिसी, प्रधानाध्यापक बाबुराम भुसाल र वडा अध्यक्ष दुर्गा बिसीको मिलेमतोमा नियुक्ती दिईएको छ । जिल्लामा लकडाउन भईरहेका बेला वडा अध्यक्षको आग्रहमा सुचना लुकाएर एकलौटी रुपमा नतिजा प्रकाशन गरेर श्रीमतीलाई जागिर खुवाएको बाहिरिएपछी एउटा झुट लुकाउन विद्यालयले अन्य किर्ते प्रमाण समेत खडा गरेको छ ।
सञ्चार माध्यमबाट सुचना बजाएको बिल र पत्रिकामा समेत नक्कली सुचना प्रकाशित गरेको पाईएको छ । सुचना लुकाएको कुरा बाहिर आएपछी ढाकछोप गर्न पत्रिकामा सुचना प्रकाशित गरेको सुचना विद्यालयले उपलब्ध गरायो । सोही दिनको त्यही पत्रिकाको अर्को प्रतिलिपी हेर्दा उक्त सुचना त्यस्मा नभएको देखियो ।

सुचना लुकाईएका कारण वडा अध्यक्ष बिसिकी श्रीमति मात्र परिक्षामा सहभागि भएकी थिइन् । शिक्षा नियमानुसार एक जना मात्रै परिक्षामा सहभागि भएको खण्डमा पुनः सुचना निकाल्नु पर्ने प्रावधान छ । कुरा बाहिरिएपछी यसमा पनी वडा अध्यक्षले आफ्नै साली सहित चार जना आफन्तलाई आवेदन दिन लगाए र प्रमाण स्वरुप पेश गरे । ‘एउटा झुट लुकाउन अर्को झुटको खेती गरिंदै छ, स्थानिय नुन बहादुर बिसीले भने,‘यि आवेदन पनी किर्ते नै हुन् ।’ झुट कुरा बाहिर आएपछी नियुक्ती दिएपछी आवेदन भरिएको उनको दावी छ ।

जिल्ला शिक्षा समन्वय समितिका प्रमुख मनिराम पराजुलीले विधी विपरित काम नगर्ने भनेपछी उनीहरुले चोर बाटो अपनाएको बताए । कसैका आफन्तलाई जागिर खुवाउन नियम मिचेर किर्ते गर्नेलाई कारवाही हुनुपर्ने उनको भनाई छ । ‘प्रअ मसंग निवेदन लिएर आउनु भएको थियो, प्रक्रिया मिलाएर आउनुस् भनेको थिएँ, उनले भने,‘आफ्नै ढंगले अँगाडी बढ्नुभएछ, सरासर कार्याविधी विपरित छ ।’ शिक्षा जस्तो संवेदनशिल क्षेत्रमा खेलवाड भईरहेको उनको भनाई छ । लकडाउनका कारण बिगत छ महिना देखि बन्द रहेको विद्यालयमा वडा अध्यक्षको श्रिमतिलाई जागिर खुवाउने बहानामा सुचना निकाल्नुनै गलत रहेको स्थानियको आरोप छ । विधी र प्रक्रिया मिच्ने जोसुकैलाई कारवाही हुनुपर्ने उनीहरुको भनाई छ ।

विद्यालयका प्रधानाध्यापक बाबुराम भुसालले विद्यालयले नियम संगत नै गरेको तर मिडियाले बङ्गाएर समाचार लेखेको आरोप लगाए । नगरबाट अनुमति लिएरै प्रक्रिया अँगाडी बढाईएको उनको भनाई छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय