भुमिकास्थान-९ मा किर्ते सिफरिश बनाएर राहत रकम बुझ्ने ६ जना पक्राउ

  
भुमिकास्थान-९ मा किर्ते सिफरिश बनाएर राहत रकम बुझ्ने ६ जना पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा किर्ते गरेर राहत रकम बुझ्ने ६ जना पक्राउ परेका छन् ।

नभत्किएको घरलाई भत्किएको भनी नक्कली कागजात बनाएर राहत रकम बुझ्ने ६ जनालाई प्रहरीले पक्रेको हो । नक्कली फोटा तथा नक्कली कागजात बनाएर राहत रकम लिने भुमिकास्थान नगरपालिका वडा नम्बर–९ ढिकुराका ६ जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेलले जानकारी दिए । उनीहरुले पहिरोले घर भत्किएको भनेर भुकम्पमा भत्किएका घरका फोटो समेत राखेर नक्कली मुचुल्का तथा वडा कार्यलयको सिफारिस बनाएर जिल्ला प्रशासन कार्यलयबाट १५ हजारका दरले राहत रकम बुझेका थिए ।

वडा कार्यालयल र प्रहरीले सिफारिस गर्दा र मुचुल्का बनाइदिदा अनुगमन नगरि सिफारिश गरि दिएकाले वडा अध्यक्ष र प्रहरीको मिलेमतोमा नक्कली पीडित खडा गरि कृते काम गरेको देखिन्छ । वडा अध्यक्ष नारायण प्रसाद खनाललाई पटक पटक सम्पर्क गर्दा फोन अरुले उठाउने गरे पछि वडाका सचिव तुल्सिराम पोख्रेललाइ सम्पर्क गर्दा उहाले भिडभाडका बेला स्थलगत अनुगमन गर्न नभ्याईएको र मुचुल्काको आधारमा सिफारिश बनाईदिएको बताए ।

प्रशासनले स्थलगत अनुगमन गर्दा उनीहरुले नक्कली कागजात बनाएर रकम बुझेको भेटिएपछि पक्राउ गरी अनुसन्धान भैरहेको जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीले बताएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय