प्रदेश-५ को नाम अब... ’लुम्बिनी’

  
प्रदेश-५ को नाम अब... ’लुम्बिनी’

रुपन्देही । आजदेखी प्रदेश-५ ले नाम पाएको छ । निर्वाचन भएको करिब तिन बर्षपछी प्रदेशले आफ्नो नाम र स्थाई राजधानी पाएको हो ।

प्रदेश नम्बर-५ को नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभाबाट दुई तिहाइले पारित भएको छ । मङ्गलबार प्रदेशसभामा भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने भन्ने पक्षमा ७९ मत र विपक्षमा चार मत खसेको हो । मतदानमा ८३ जनाको उपस्थिति रहेको थियो ।

यसअघि प्रदेशको राजधानी भालुवाङ बनाउने प्रस्ताव पनि दुई तिहाइले पारित भएको हो । प्रदेश सभामा मङ्गलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत र प्रस्तावको विपक्षमा १३ मत परेको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय