शितगंगामा विपत्ती परेकालाई अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको सहयोग

  
शितगंगामा विपत्ती परेकालाई अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको सहयोग

अर्घाखाँची । भनिन्छ नि, विपद बाजा बजाएर आउँदैन । अर्घाखाँचीको शितगंगा नगरपालिकामा यस्तै प्राकृतिक विपत्ती आईलाग्यो । अविरल वर्षासंगै जमिन भासिंदा वडा नम्बर-११ र १२ मा मानिसहरु घरबार विहिन भएका छन् । न खान केही छ, न बस्ने बासको टुङ्गो । विपत्तीमा सहयोगीहातहरु भने अँगाडी बढीरहेका छन् ।

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले अर्घाखाँचीको शितगंगा नगरपालिका-११ र १२ का पहिरो पिडितका लागि १ लाख ५५ हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको छ । अविरल वर्षा पछि पहिरो जाँदा जिल्लाको शितगंगा नगरपालिकाका-११ का ६ घर र १२ नम्बर वडाका २६ घरमा पुर्ण रुपमा क्षति पुगेको र अन्य १९ घर समेत विस्तापित भएका छन् ।

विपत्तीका बेला सहयोग गर्ने उद्देश्यले मञ्चले कोरियाका नेपालीसँग सहयोगको अपिल गर्दै आर्थिक संकलन अभियान सञ्चालन गरेको थियो । सोहि राहत संकलन अभियानबाट संकलित रकम शितगंगा नगरपालिकाको प्रकोप व्यवस्थापन कोष मार्फत वितरण गर्न नगरप्रमुख सुर्य प्रसाद अधिकारीलाई हस्तान्तरण गरिएको अभियानका संयोजक तथा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाका अध्यक्ष सुन्दर पन्थीले जानकारी दिए ।

पिडितका लागि तत्काल आवश्यक राहत सामाग्रि खरिदका लागी आर्थिक रकम सहयोग गरिएको संस्थाका महासचिव दिपकराज बञ्जाडेले लुम्बिनी पोष्ट डटकमलाई जानकारी दिए ।  अभियानमा कोरियामा रहेका ८६ जना नेपालीले सहयोग गरेका छन् । संस्थाले विभिन्न समयमा सहयोग गर्दै आएको छ । कोरियमा रहेका नेपाली दाजुभाईले आफ्नो खर्च कटाएर विपत्तीमा परेकालाई सहयोग गर्दै आएका छन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय