भिरबाट खसेको ढुगांले लागेर एक जनाको मृत्यु

  
भिरबाट खसेको ढुगांले लागेर एक जनाको मृत्यु

गुल्मी । गुल्मीको रुरुमा ढुगांले लागेर एकजनाको मृत्यु भएको छ ।

जिल्लाको रुरु गाउँपालिका-२ बेसिचौरका ५८ वर्षीय ज्ञानहरी ज्ञवालीलाई सडकमाथी भिरबाट आएको ढुगांले लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारारज पन्तले जानकारी दिए ।

दारेगौंडा स्थित सिमिजौखोला–बेसिचौरको भित्री सडकखण्डमा दारेगौंडा सडक माथी चर्केर अड्किएको ढुङगा खसेर घाईते उनको प्राथमिक स्वास्थ्य केन्द्र रिडिमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय