छत्रदेवको विकासलाई निरन्तरता दिनु चुनौती र अवसर: लेखनाथ पोखरेल

  
छत्रदेवको विकासलाई निरन्तरता दिनु चुनौती र अवसर: लेखनाथ पोखरेल

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको बिदाई गरेको छ ।

गाउँपालिकाको सभाहलमा गरिएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भुसाल सहित वडा नम्बर–४ का वडा सचिव नुमलाल पंन्थी र कृषिशाखा प्रमुख रामबहादुर रायमाझीको पनी बिदाई गरिएको हो ।

छत्रदेव गाउपालिकामा २२ महिना अगाडि सरुवा भई आएका भुसालको कार्यकालमा थुप्रै विकास निर्माणका कामहरुसंगै स्थानिय सरकारका ५५ ओटा कानुनहरु निर्माण भएका छन् ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले कर्मचारीबाट थुप्रै कुरा सिक्ने अवसर मिल्ने भन्दै प्रमुख प्रशासकिय अधिकृत भुसालले आफुलाई धेरै कुरा सिकाएको बताए । निकै सरल र मिलनसार स्वभावका भुसालले गरेका कामहरु लाई निरन्तरता दिनु अब आउने कार्यलय प्रमुखलाई चुनौती र अवसर दुवै रहेको अध्यक्ष पोखरेलको भनाई छ ।

कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट मन्तव्य राख्दै वडा नम्बर६ का वडाअध्यक्ष कमल पौडेलले कर्मचारीहरुबाट धेरै कुरा सिक्ने अवसर मिलेको बताए । उनले राष्ट्रसेवक कर्मचारीहरुले आफ्नो दायित्व पुरा गरेको बताए ।

भुसालको गुल्मिको मुसिकोट नगरपालिकाको प्रमुख प्रसासकिय अधिकृतको रुपमा सरुवा भएको छ । छत्रदेव गाउँपालिकामा पवन अर्याल प्रमुख प्रशासकिय अधिकृतको रुपमा आउने भएका छन् ।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय