दक्षिणखाँचीको बिकासको ढोका खोलियो: चेतनारायण आचार्य

  
दक्षिणखाँचीको बिकासको ढोका खोलियो: चेतनारायण आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेश सांसद चेतनारायण आचार्यले दक्षिणखाँची बिकासको ढोका खोलिएको बताएका छन् ।

भौगोलिक विकटता लगायतका कारणले एकिकृत विकास योजना सम्भव नभएका बेला प्रदेश राजधानी आएपछी अब विकासको ढोका खोलिएको बताए । देशकै ठुलो नगरपालिका शितगंगा नगरपालिका विकासमा पछी परेको भन्दै सांसद आचार्यले शितगंगा नगरपालिकाका दुई वटा वडा समेटिनुले विकासको ढोका खुलेको तर्क गरे ।

अर्घाखाँची चेम्बर अफ कमर्सले जिल्ला प्रसासन कार्यालय परिसरमा गरेको सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद आचार्यले अब जिल्लाको समान विकास हुने बताए । भौगोलिक विकटताका कारण विकासमा पछी परेको शितगंगा नगरपालिका सहित समग्र जिल्लाको विकासमा आफुहरुले पहल गरिरहेको पनी उनको भनाई छ । ठुलो मेहनतले अर्घाखाँचीका दुई वटा वडा राजधानीमा समावेश गर्न सफल भएको भन्दै उनले अब विकास निर्माणमा पनी अग्रगामी छलाङ्ग मार्ने बताए ।

शितगंगा नगरपालिका वडा नम्बर-११ र १२ मा ठुलो विपत्ती आईलागेको भन्दै उनले त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल भईरहेको बताए । प्रदेशका मुख्यमन्त्री लगायत भुमिसुधार मन्त्रालयमा गएर आफुले कुरा राखेको उनले जानकारी गराए । विपत्तीमा आफुहरुको साथ र सहयोग सदैव रहने पनी उनले बताए ।

राजपत्रमा प्रकाशित कुरालाई लिएर अनेक टिप्पणी भईरहेको भन्दै उनले राप्ती उपत्यकामा शितगंगा नगरपालिका वडा नम्बर-८ र ९ पनि पर्ने भएकाले शंका नगर्न आग्रह गरे ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post