नेपाल चेम्बर अफ कमर्सको स्थापना दिवसमा शितगंगाका पहिरो पिडितलाई सहयोग

  
नेपाल चेम्बर अफ कमर्सको स्थापना दिवसमा शितगंगाका पहिरो पिडितलाई सहयोग

अर्घाखाँची । अर्घाखाँची चेम्बर अफ कमर्सले शितगंगाका पहिरो पिडितलाई सहयोग गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सको ७० औं स्थापना दिवसका अवसरमा अर्घाखाँची चेम्बर अफ कमर्सले शितगंगा वडा नम्बर-११ र १२ का पहिरो पिडित परिवारलाई रु. पच्चिस हजार (२५०००) सहयोग गरेको हो । जिल्ला प्रसासन कार्यालय परिसरमा भएको कार्यक्रममा प्रदेश सांसद चेतनारायण आचार्य, शितगंगा नगरप्रमुख सुर्यप्रसाद अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाललाई चेक हस्तान्तरण गरिएको हो ।  जिल्ला विपद् व्यवस्थापन समिती मार्फत खर्च गरिने गरी रकम हस्तान्तरण गरिएको अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष अशोक कुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद आचार्यले शितगंगा नगरपालिका वडा नम्बर-११ र १२ मा ठुलो विपत्ती आईलागेको भन्दै त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल भईरहेको बताए । प्रदेशका मुख्यमन्त्री लगायत भुमिसुधार मन्त्रालयमा गएर आफुले कुरा राखेको उनले जानकारी गराए ।

नगरप्रमुख सुर्यप्रसाद अधिकारीले विकासमा पछी परेको नगरपालिकामा यो वर्ष अनेक विपत्ती आईलागेको बताए । ‘सुरुमा असिनाले थिंचोमिचो पारेर बाली सखाप बनायो, उनले भने,‘बिचमा सलह किरा र फौजी किराले सतायो, अहिले जमिन भाँसिएर थुप्रै जना घरविहिन बनेका छन् ।’ स्थानिय तहले मात्र थेग्ने अवस्था नरहेकाले प्रदेश र संघिय सरकारले सहयोग गर्नुपर्ने उनको भनाई छ । चेम्बरको ७० औं स्थापना दिवसका अवसरमा शुभकामना दिंदै नगरप्रमुख अधिकारीले जनताको हितमा काम गर्न सुझाव दिए । सहयोग गरेकोप्रती नगरपालिकाको तर्फबाट अर्घाखाँची चेम्बर अफ कमर्सलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष अशोक कुमार श्रेष्ठले संस्थाले गरेका काम र भावी योजनाका बारेमा प्रकाश पारे । जनहितका काममा सदैव संस्थाले सहयोग गर्ने पनी उनले प्रतिबद्धता व्यक्त गरे । अर्घाखाँची चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष महेन्द्र सेजवाल, प्रथम उपाध्यक्ष लिलाधर बस्याल, महसचिव प्रकाश भुसाल, सचिव बाबुराम पन्थी, कोषाध्यक्ष राम कुमार श्रेष्ठ, सदस्यहरु मोशन सिंह ठकुरी, रामप्रसमद अधिकारी लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।

कार्यक्रम अर्घाखाँची चेम्बर अफ कमर्सका प्रवक्ता हरीप्रसाद भुसालको संचालनमा सम्पन्न भएको हो ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय