घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार दम्पती पक्राउ

  
घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार दम्पती पक्राउ

बुटवल । चार लाख घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार र उनकी श्रीमतीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ।

प्रहरी थुनामा रहेको आरोपीलाई धरौटीमा छुटाइदिन सहयोग गरेवापत चार लाख घुस लिएको आरोपमा हवल्दार शिवचन्द्र सहानी र उनकी श्रीमती निर्मला केवट शुक्रबार पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले विशेष सूचनाका आधारमा गरेको स्टिङ अपेरेसन गरेको थियो । सोही क्रममा रुपन्देहीको सियारी गाउँपालिका-७ स्थित खनाल मिठाइ पसल नजिकबाट हवल्दार दम्पती रंगेहात पक्राउ परेका अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको भुसालले बताए ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय