दाङमा पत्रकार माथी दुव्र्यवहार, प्रेस युनियनको आपत्ती

  
दाङमा पत्रकार माथी दुव्र्यवहार, प्रेस युनियनको आपत्ती

दाङ । दाङमा पत्रकार माथी दुव्र्यवहार भएको छ ।

दाङको स्वर्गद्वारी एफ.एम र नागरिक राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार देवेन्द्र बस्नेतमाथि प्रहरीले गालीगलौज गर्नुका साथै धम्की समेत दिएको छ । घट्नाप्रति नेपाल प्रेस युनियन दाङ शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल प्रेस युनियनका निवर्तमान जिल्ला सचिव तथा कलाकार समेत रहेका बस्नेतमाथी प्रहरीले गरेको दुव्र्यवहार प्रहरी आचरण विरुद्ध रहेको प्रेस युनियनको ठहर छ ।

जनताको सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीबाट पत्रकारहरुमाथि केहि समयदेखि भैरहेका दुव्र्यवहारका घटनाप्रति प्रेस युनियन गम्भीर बनेको समेत जनाएको छ । नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी र सचिव आर.के शीतलले शुक्रवार एक प्रेस विज्ञप्ति निकालेर केही दिन पहिले रेडियोबाट कोठा फर्किरहेका पत्रकार बस्नेतमाथि भएको अभद्र व्यवहारको विरोध जनाएका हुन ।

विशेषगरि रातीको समयमा काम गर्ने, सूचना संकलन तथा सम्प्रेषणमा खट्ने पत्रकारमाथि प्रहरीबाट बारम्बार भैरहेका दुव्र्यवहारका घटनाप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको भन्दै यसप्रकारका घट्नाहरु आगामी दिनमा नदो¥याउन समेत आग्रह गरेको छ ।

‘राती १० बजेसम्म सञ्चालन हुने रेडियोको १० बजेको समाचार बुलेटिन बाचन गरेर एक सय मिटरको दुरीमा रहेको कोठामा जाँदै गर्दा गाडीमा गस्तीमा रहेको प्रहरीले गाडिभित्रैबाट अश्लील शब्द प्रयोग गरि गालिगलौच गर्नुका साथै पुनः सडकमा देखिए राम्रो नहुने धम्की दिने र सोही स्थान भन्दा केहि अगाडी पुग्दा मोटरसाइकलमा सवार प्रहरीले पुनः रातीमा नहिड्न धम्कि दिएको घट्नाले प्रहरीको मानसिक्ता सहजै बुझ्न सकिन्छ’–विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै विज्ञप्तिमा बस्नेत मात्र नभई घोराहीबाट प्रकाशन हुने पत्रिका र सञ्चालन भैरहेका एफ एम रेडियोमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरु राती अबेर डिउटी सकेर घर फर्कने क्रममा दुख नदिन समेत आग्रह गरेको छ ।

सूचना सम्प्रेषण कार्यमा सम्लग्नहरुलाई रातीमा सुुरक्षा प्रदान गर्नुको साटो उल्टै प्रहरीबाट रातीमा नहिड्न बारम्बार धम्कि आउनु र जिल्ला प्रहरी कार्यालयका जिम्मेवार अधिकारीलाई घटनाको बारेमा जानकारी गराँउदा पनि कुनै सुनुवाइ नहुनुले युनियनलाई गम्भीर बनाएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै विज्ञीपतमा यस प्रकारका घटना पुनः दोहोरीन नदिनका लागि बिश्वासको वातावरण तयार पार्न जिल्लाको सुरक्षा निकायलाई प्रेस युनियनले आग्रह समेत गरेको छ । पत्रकारले कुनै पनि समयमा निर्भिक ढँगले काम गर्न सक्ने वातावरण तयार पार्न सम्बद्ध सबैमा आग्रह गर्दै आफ्नो कार्यक्षेत्रमा खटिएका पत्रकारको कुनै पनि बहानामा मनोबल गिराउने कार्य, दुव्र्यवहार वा अन्य अभद्र कार्य सैह्य नहुने समेत युनियन दाङले जनाएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय