वडा अध्यक्षको घरमा आईसोलेशन कक्ष

  
वडा अध्यक्षको घरमा आईसोलेशन कक्ष

सनपा १२ का वडा अध्यक्ष नारायण खड्काको आईसोलेशन बनाईएको घर

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्बर-१२ का वडाअध्यक्षले आफ्नो घरलाई आईसोलेशन कक्ष बनाएका छन् ।

कोरोना महामारीले भयावह रुप लिई्हेका बेला वडाअध्यक्ष खड्काले आफ्नो घरलाई आईसोलेशन कक्ष बनाएको जानकारी दिए । कोरोना पोजेटिभ देखिएका नागरिकले सामाजिक अपहेलना सहनु परेको गुनासो बढेपछी उनले आफ्नो घरलाई नै आईसोलेशन वार्डमा रुपान्तरण गरेका हुन् ।

कोरोना महामारीले देश आक्रान्त बनिरहेको बेला स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार यसको रोकथाम तथा नियन्त्रणमा लागिरहेका छन् । वडासंग पर्याप्त बजेट नभएको भन्दै खड्काले कोरोनाबाट बच्न र संक्रमितहरुको उपचारका लागी आफुले सक्दो प्रयास गरिरहेको उनको भनाई छ । फेसबुकमा स्टाटस राख्दै वडाअध्यक्ष खड्काले आफ्नो घरमा बस्न र पकाउन मिल्ने व्यवस्था रहेकाले जो कोही संक्रमित आएर बस्न मिल्ने जानकारी दिएका थिए ।

हाल अर्घाखाँची जिल्लामा १ सय १८ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लाका ६ स्थानियतह मध्ये छत्रदेव गाउँपालिका बाहेक सबै पालिकामा गरेर १ सय १८ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । कुल ५ सय ३५ जनामा संक्रमण पुष्टी भएकोमा ४ सय ११ जना निको भएर घर फर्किएका छन् । ६ जनाको कोरोनाकै कारण ज्यान गईसकेको छ ।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय