पेट्रोल बोकेको ट्याङ्करमा आगलागी

  
पेट्रोल बोकेको ट्याङ्करमा आगलागी

संकेत चित्र ।

रुपन्देही । नेपाल आयल निगमको रुपन्देही भलवारीस्थित डिपोमा रहेको एक ट्याङ्करमा आगलागी भएको छ ।

भारतबाट ल्याएको तेल खन्याउन डिपोभित्र लाइनमा रहेको लु १ ख ८१४५ नम्बरको ट्याङ्करमा आगलागी भएको हो । ट्याङ्करमा रहेको बेट्री सर्ट भएर आगलागी भएको र डिपोभित्र रहेको अग्नि नियन्त्रक यन्त्रले आगलागीलाई १० मिनेटभित्र नियन्त्रणमा लिएको डिपो प्रमुख प्रलयङ्कर आचार्यले बताए ।

आगलागीबाट ट्याङ्करको अगाडिको केही भाग जले पनि अन्य भौतिक तथा मानवीय क्षति नभएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले बताए । एक हप्ताअघि भैरहवाको अञ्चलपुरस्थित एभरेष्ट आयल सप्लायर्समा डिजेल खन्याउने क्रममा आगलागी हुंदा ट्याङ्कर ध्वस्त भएको थियो ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय