बडादसैंको सातौं दिन, फुलपाती भित्राईदैं

  
बडादसैंको सातौं दिन, फुलपाती भित्राईदैं

काठमाण्डौ । आज दसैंको सातौ दिन घरघरमा फूलपाती भित्र्याइदै छ। दसैंमा शुभसाइतको प्रतीकको रुपमा फूलपाती भित्र्याउने गरिन्छन्।

फूलपातीमा पूजा कोठामा केराको बोट, उखु, बेलपत्र, धानको बाला लगायतका सामाग्री भित्र्याउने गरिन्छ। नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरेर फूलपाती बढाइँ गर्ने गरे पनि यो पटक कोरोनाका कारण औपचारिकतामा मात्र सिमित हुने जनाइएको छ। फूलपाती बढाईमा राष्ट्रपति सहभागि हुने चलन रहेको छ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकका रुपमा भित्र्याएर शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा।रामचन्द्र गौतमले जानकारी दिए ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने धर्मशास्त्रविद् प्रा डा। गौतमले जानकारी दिए।

यस्तै हनुमानढोका दरबारको दसैंघरमा गोरखाबाट ल्यार फूलपाती भित्र्याउने परम्परा छ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post