नेकपाबाट निरासै निरास्, अब कांग्रेसकै भर

  
नेकपाबाट निरासै निरास्, अब कांग्रेसकै भर

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले नियमित नेकपालाई झड्का दिंदै आएको छ ।

बिगत केही महिनामा सयौं कार्यकर्ता पार्टी भित्र ल्याएको कांग्रेसले विभिन्न सांगाठानिक क्रियाकलाप पनी गर्दै आएको छ । केन्द्रमा प्रमुख प्रतिपक्षको हैसियतमा रहेपनी अर्घाखाँचीमा भने कांग्रेसको बाहुल्यता रहेको छ । जिल्लाका ६ स्थानियतह मध्ये एकमा उपप्रमुख र चारमा प्रमुख सहित पाँच स्थानियतहमा कांग्रेस नेतृत्वकै सरकार छ । प्रदेश र संघमा प्रत्यक्ष निर्वाचित नभएपनी समानुपातिकबाट प्रदेशमा निर्मला क्षेत्री र संघमा पुष्पा भुसाल तथा मानबहादुर विश्वकर्माले प्रतिनिधीत्व गरिरहेका छन् ।

पछिल्लो समय नेकपाबाट निराश बनेका कार्यकर्ता कांग्रेस प्रवेश गरिरहेका छन् । देशैभर कांग्रेस भित्रनेको संख्या बढ्दै गएको छ । अर्घाखाँचीमा मात्र बिगत तिन महिनामा ३ सय बढी नेता कार्यकर्ता र जनप्रतिनिधी कांग्रेस प्रवेश गरेका छन् । यसैबिच बुधवार अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा नेकपा परित्याग गरी १७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

छत्रदेव गाउँपालिका वडा नम्वर-८, मरेङ्गका १७ जनलाई नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णुप्रसाद खनाल (मुस्कान) ले पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका छन् । छत्रदेव-८ का केशव सेजवाल, मेगबहादुर सेजवाल, प्रेमबहादुर खत्री, सुर्य बहादुर पाण्डे, रामु सेवजाल, खिमबहादुर सेजवाल, रुपा सेजवाल, किरण सेजवाल, गौरी सेजवाल, फुलमाया सेजवाल, अर्जुन सेजवाल, कमला खत्री, टेकबहादुर खत्री, तारा बहादुर पाण्डे, कृष्ण बहादुर सेवजाल र सिता पाण्डे लगायतका १७ जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस क्षेत्र नम्वर १ का क्षेत्रीय सचिव ताराप्रसाद फुल्लेलले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति मुस्कान, क्षेत्रीय सचिव ताराप्रसाद फुल्लेल, मालारानी गाउँपालिका संयोजक तथा मालारानी-३ का वडा अध्यक्ष शोभाखर खनाल, छत्रदेव-८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, कार्यपालिका सदस्य शारदा खनाल, वडा सदस्य ज्ञानबहादुर पाण्डे, पुर्व पाटी सभापति विष्णु प्रसाद श्रेष्ठ, वडा पाटी सचिव ओमबहादुर पाण्डे, लगायतले मन्तव्य राखेका छन् ।

वर्तमान नेकपाको सरकार जनताको लागि भन्दा आफ्नो स्वार्थपुर्तीमा लागेको भन्दै उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । केन्द्रिय झगडा र अराजकता स्थानियस्तर सम्म देखा परेकाले यस्ले निकास नदिने नवप्रवेशि केशव सेजवालले बताए । आफुहरुले सरकार भएको महसुस गर्न नसकेकोले सरकार चलाईरहेको पार्टी परित्याग गरेको उनको भनाई छ । नेकपाले जनतालाई निराश बनाएको भन्दै कांग्रेस नै उत्तम रहेको उनीहरुको निष्कर्ष छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय