‘आइएमई पे’ एप डाउनलोड गर्नेको संख्या १० लाखभन्दा बढी

  
‘आइएमई पे’ एप डाउनलोड गर्नेको संख्या १० लाखभन्दा बढी

एजेन्सी । ‘आइएमई पे’ एप डाउनलोड गर्ने सेवाग्राहीहरूको संख्या १० लाखभन्दा बढी पुगेको छ ।

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडले प्रयोगमा ल्याएको आइएमई पे’ एप १० लाख भन्दा बढीले डाउनलोड गरेका हुन् । डाउनलोड १० लाख पुगेको अवसरमा ‘आइएमई पे’ बाट मोबाइल टपअप गर्ने एकजना भाग्यशाली विजेतालाई एउटा वान प्लस मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उपहारस्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ ।

एप डाउनलोड गरेर आफैं वा एजेन्टको सहयोगमा आइएमई पे बाट ३० लाखभन्दा बढी सेवाग्राही लाभान्वित हुँदै आएका छन् ।डाउनलोड १० लाख पुगेको अवसर मा ‘आइएमई पे’ बाट मोबाइल टप अप गर्ने एकजना भाग्यशाली विजेतालाई एउटा वान प्लस मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उपहारस्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना अक्टोबर १५ सम्म कायम हुनेछ ।

विद्युतीय कारोबारलाई प्राथमिकता दिने सरकारी नीतिअनुरुप कम्पनीले आफ्नो सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै लगेको जनाएको छ । कम्पनीले एपमार्फत प्राप्त गर्न सकिने सेवालाई विविधीकरण गर्दै सेवाग्राहीहरुको मागअनुरुपका सेवा थप गर्ने कार्यमा निरन्तर अगाडि बढिरहेको जनाएको छ ।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय