अबको पाँच महिना नेपाली क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नपाउने खतरा

  
अबको पाँच महिना नेपाली क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नपाउने खतरा

नेपाली राष्ट्रिय क्रिकेट टिमले सन २०२० को बाँकी पाँच महिनामा कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नपाउने सम्भावना बढेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सन् २०२० को बाँकी पाँच महिनामा नेपालको कुनै खेल तालिका नभएको बताएको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जनाकारी दियो।
आइसिसीले क्यानलाई यो वर्ष कुनै खेल तालिका नभएको जानकारी दिएपछि नेपाली राष्ट्रिय टिमले भदौं पहिलो सातादेखि तयारी थाल्ने सम्भावना पनि न्यून बनेको छ। यसअघि क्यानले भदौ पहिलो सातादेखि तयारी थाल्न खेलाडीको पिसिआर टेस्ट गर्ने प्रक्रिया अघि बढाएको थियो। तर अन्तर्राष्ट्रिय क्रिकेट नभएको अवस्थामा तत्काल बन्द प्रशिक्षण सुरू नगर्ने क्यान स्रोतले बतायो। यसअघि आइसिसीले विश्वकप लिग(२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिज आगामी सेप्टेम्बर २० देखि ९ असोज ४० नामिबियामा गर्ने प्रस्ताव गरेको थियो। तर क्यानले यो मितिमा सम्भव नहुने संकेत गर्दै जवाफ पठाएको थियो।
कोरोनाभाइरसका कारण लिग–२ का सिरिजहरु चैतदेखि स्थगित छन्। यसअघि अप्रिल २० देखि २७ सम्म नामिबियामा हुने तय नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिज स्थगित भएको थियो। लिग-२ मा ७ देशबीच प्रतिस्पर्धा भइरहेको छ। लिगमा नेपालले अहिलेसम्म ४ खेल खेलेको छ।
चारमध्ये २ खेलमा जित हात पारेको नेपाल छैटौं स्थानमा छ। शीर्ष स्थानको ओमानले १० खेलबाट १६ अंक, दोस्रो स्थानको अमेरिकाले १२ खेलबाट १२ अंक, तेस्रो स्थानको स्कटल्यान्डले ८ खेलबाट ९ अंक, चौथो स्थानको नामिबियाले ७ खेलबाट ८ अंक र पाँचौ स्थानको युएईले ७ खेलबाट ७ अंक जोडेका छन्।
पुछारको पपुवा न्युगिनीले ८ खेल खेल्दा अंक जोड्न सकेको छैन। लिगमा एक टिमले २ वर्षको अवधिमा ३६ एकदिवसीय खेल खेल्ने तय भए पनि कोरोनाका कारण लिग लम्बिने भएको छ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय