आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबाद विजयी

  
आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबाद विजयी

एजेन्सी । आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले किङ्स इलाभेन पन्जाबलाई हराएको छ ।

गएराति भएको खेलमा हैदराबादले पन्जाबलाई ६९ रनले पराजित गरेको हो । यूएईको अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो । पन्जाबका लागि निकोलस पुरनले ७७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । हैदराबादका लागि ओपनरद्वय जोनी बेयरस्टो र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । बेयरस्टो ९७ रनको अर्धशतकीय इनिङ्स खेल्दा वार्नरले ५२ रन बनाए ।

जितसँगै हैदराबादले ६ खेलमा ६ अंक जोडेको छ । ६ खेलमा २ अंक जोडेको पन्जाब तालिकाको पुछारमा छ ।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय