आईपीएलमा दिल्ली शीर्ष स्थानमा, शनिवार दुई खेल हुँदै

  
आईपीएलमा दिल्ली शीर्ष स्थानमा, शनिवार दुई खेल हुँदै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । गएराति सारजाह क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ४६ रनले हराएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ८४ रन बनायो । जवाफमा राजस्थान १९ ओभर ४ बलमा एक सय ३८ रनमा अलआउट भयो ।

जारी लिगमा दिल्लीले ६ खेलमा १० अंक बनाएको छ । उसले अहिलेसम्म पाँच खेलमा जित निकालेको छ । राजस्थानको भने ६ खेलमा चौथो हार हो । उसको मात्र चार अंक रहेको छ । उसले अहिलेसम्म दुई खेलमा मात्र जित निकालेको छ ।

आईपिएलमा शनिवार दुई खेल हुँदैछन् । दिउँसो पौने चार बजे किंग्स ईलेभेन पञ्जाब र कोलकत्ता नाईट राईडर्सबिच प्रतिस्पर्धा हुँदैछ । यस्तै आजै राती पौने आठ बजे चेन्नाई सुपर किंग्स र रोयल च्यालेञ्जर्स बैगलोर बिच खेल हुनेछ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय