आईपिएलको तालिका रोमाञ्चक, पञ्जाबको दोस्रो जित

  
आईपिएलको तालिका रोमाञ्चक, पञ्जाबको दोस्रो जित

एजेन्सी । आईपीएल क्रिकेटमा किङ्ग्स इलाभेन पञ्जाबले दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ८ विकेटले पराजित गर्दै दुई अंक बटुल्न सफल भएको हो ।

सारजाहमा बेङ्ग्लोरले दिएको १७२ रनको लक्ष्य पञ्जाबले अन्तिम बलमा निकालोस पुरनले छक्का प्रहार गर्दै जित दिलाएका थिए । पञ्जाबले २ विकेट गुमाएर लक्ष्य भेटाएको हो । जारी सिजनमा पहिलो पटक मैदान उत्रिएको हार्ड हिटर ब्याट्सम्यान क्रिस गेलले अर्धशतकीय पारी खेले । केएल राहुलले ५९ रन र मयंक अग्रवालले ४५ रन बनाए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बेङ्ग्लोरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७१ रन बनायो । बेङ्ग्लोरको पहिलो विकेटका लागि आरोन फिन्च र देवदत्त पडिकलले ३८ रनको साझेदारी गरेका थिए । पडिकल १२ बलमा १८ रन बनाएर आउट भए । त्यसछि क्रिजमा आएको विराट कोहलीले भने उत्कृष्ट प्रदर्शन गरे । उनी अर्धशतकबाट २ रनले पछि रहे । कोहलीले ३९ बलमा तीन चौका प्रहार गरेका थिए । क्रिस मोरिस र इसुरु उडान नटआउट रहे ।

बैंगलोर तालिकाको तेस्रो स्थानमा छ भने पञ्जाब तालिकाको पुच्छारमा छ । शुक्रवार मुम्बई र कोलकत्ताबिच खेल हुनेछ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय