आईपिएल क्रिकेटमा पञ्जाब र दिल्ली खेल्दै, दिल्लीले लेग स्पिनर प्रवीन दुबेलाई टिममा भित्रायो

  
आईपिएल क्रिकेटमा पञ्जाब र दिल्ली खेल्दै, दिल्लीले लेग स्पिनर प्रवीन दुबेलाई टिममा भित्रायो

एजेन्सी । आईपिएल क्रिकेटमा आज किंग्स ईलेभेन पञ्जाब र दिल्ली क्यापिटल्स बिच खेल हुँदैछ ।

बेलुका पौने आठ बजे दुबईको दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेल हुनेछ । उत्कृष्ट प्रदर्शन गरेको दिल्ली १४ अंक सहित तालिकाको शिर्ष स्थानमा छ भने पञ्जाब ६ अंक सहित तालिकाको सातौं स्थानमा छ । लयमा रहेको दिल्ली आजको खेल जित्दै तालिकाको शिर्ष स्थानमै रहन चाहन्छ त्यस्तै पञ्जाब आजको खेल जित्दै प्ले अफको यात्रा कायमै राख्ने दाउमा हुनेछ ।

यसैबिच दिल्ली क्यापिटल्सले लेग स्पिनर प्रवीन दुबेलाई टिममा आबद्ध गरेको छ । अनुभवी लेगस्पिनर अमित मिश्रा घाइते भएर टिमबाट बाहिरिएसँगै दिल्लीले २७ वर्षीय दुबेलाई टिममा आबद्ध गरेको हो । दुई साताअघि घाइते भएसँगै मिश्राले दिल्लीको टिम छाडेका थिए।

उत्तर प्रदेशका दुबेले घरेलु क्रिकेट भने कर्नाटकाबाट खेल्ने गरेका छन्। यसअघि उनी रोयल च्यालेन्जर्स बेंग्लोरमा सिजन २०१६ र २०१७ का लागि आबद्ध भएका थिए । दुवैसँगै दिल्लीको टिममा रविचन्द्रन आस्विन, अक्षर पटेल र सन्दीप लामिछाने गरी चार जना स्पिनर भएका छन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post