नेपालले २०२२ को विश्वकप टि-२० क्रिकेटको सोझै ग्लोबल छनोट खेल्ने

  
नेपालले २०२२ को विश्वकप टि-२० क्रिकेटको सोझै ग्लोबल छनोट खेल्ने

एजेन्सी । सन् २०२२ मा अष्ट्रेलियामा हुने आइसीसी टी-२० विश्वकपका लागि नेपालले सोझै ग्लोबल छनोट खेल्न पाउने भएको छ ।

आइसीसीले बनाएको नयाँ छनोट प्रक्रिया अनुसार २०२२ मा हुने टी-२० विश्वकपका लागि २०२० को जनवरी एक तारिखसम्म बरियताका आधारमा जिम्बावे, नेपाल, यूएई र हङकङले सोझै ग्लोबल छनोटमा स्थान बनाउने भएका छन ।

२०२२ को विश्वकपमा आइसीसीले १६ टिमलाई सहभागिता गराउने भएको छ । २०२० मा हुने भनिएको यो विश्वकप कोरोनाका कारण २०२२ का लागि सरेको थियो । अब आइसीसीले यो विश्वकपका लागि अफ्रिका, अमेरीका, एशिया, पूर्वी एशिया र यूरोप गरेर ११ वटा क्षेत्रीय छनोट प्रतियोगिता गर्ने भएको छ । त्यहाँबाट ८ टिम दोस्रो चरणको छनोटमा स्थान बनाउनेछ । सबै उपक्षेत्रीय र क्षेत्रीय छनोट प्रतियोगिता २०२१ र २०२२ को सुरुवातमा हुनेछन ।

यसमा २०२१ मा भारतमा हुने टी-२० विश्वकपमा पहिलो चरणमा पुगेका चार टिम र टी २० बरियतामा रहेका शिर्ष चार टिमले सोझै ग्लोबल छनोट खेल्नेछन । २०२० को जनवरीको बरियता अनुसार नेपालसँगै जिम्बावे, यूएई र हङकङले सोझै ग्लोबल छनोट खेल्न पाउने भएका छन ।२०२२ को विश्वकपका लागि १२ टिम २०२१ को टी-२० विश्वकपबाट साझै छनोट हुनेछन । बाँकी चार टिममा दुई टिम पहिलो ग्लोबल छनोटबाट आउनेछन भने बाँकी दुई टिम २०२२ मा नै हुने दोस्रो ग्लोबल छनोटबाट आउनेछन ।

आइसीसीले २०२१ को टी-२० विश्वकपको पहिलो चरणका खेल सकिएपछि दुई वटा ग्लोबल छनोट खेल्ने देशको नाम फाइनल गर्ने भएको छ। २०२२ को टी २० विश्वकप छनोटका लागि अफ्रिकामा दुई वटा उप क्षेत्रीय छनोट हुनेछन भने एशियामा पनि दुई, यूरोपमा तीन वटा उप क्षेत्रीय छनोट हुनेछन । तर अमेरीका र इष्ट एशियामा सोझै क्षेत्रीय छनोट हुनेछन ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय